सुन्दरताकै कारण सरकारले यी नायिकालाई लगायो प्रतिबन्ध


१७ फाल्गुन २०७४, बिहीबार
deny1

काठमाण्डौं, १७ फागुन : विभिन्न मुलुकमा सौन्दर्य प्रतियोगिता हुने गर्दछन् । सुन्दरताका लागि कयौंले निकै मेहनत र खर्च समेत गर्दछन् । तर, डेनी क्वान यस्ती अभागी भइन् जो सुन्दरताकै कारण सरकारबाट प्रतिबन्ध झेलिरहेकी छन् ।deny1

डेनी क्वान कम्बोडियाकी नायिका हुन् । गत वर्ष अप्रिलमा त्यहाँको सरकारलाई उनलाई एक वर्षसम्म नयाँ चलचित्रमा अभिनय गर्न रोक लगाएको थियो । आवश्यकताभन्दा बढी कामुक भएको भन्दै उनलाई सरकारले नयाँ चलचित्रमा अभिनय गर्न एक वर्षसम्मका लागि रोक लगाएको हो । उनलाई कम्बोडियामा कामुक सुन्दरी मानिन्छ ।1519878881deny

डेनी क्वानका प्रशंसकहरुका अनुसार उनले अन्य नायिका सरह नै आफूलाई प्रस्तुत गर्दै आएकी थिइन् । तर सरकारले उनलाई मात्र प्रतिबन्ध लगाउनुको प्रमुख कारण उनी सुन्दर हुनु नै रहेको प्रशंसकहरु बताउँछन् । सरकारको सो निर्णयविरुद्ध उनले अपिल समेत गरेकी थिइन् । तर, परिणाम निरासाजनक नै रह्यो । अन्ततः उनी प्रतिबन्ध झेलेर अभिनयबाट टाढिएको १० महिना बितेको छ । उनीमाथि लागेको प्रतिबन्ध अझै दुई महिना कायम रहनेछ । सो अवधिपछि उनले काम गर्न पाउने हुन् या फेरि पनि त्यस्तै प्रतिबन्धको सामना गर्नुपर्ने हो भन्ने प्रष्ट भइसकेको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७