गोर्खाज फाइनान्सले ‘सेयर लोन’ २४ घण्टामै दिने


२४ असार २०७८, बिहीबार
share loan

काठमाडौं, २४ असार । गोर्खाज फाइनान्स लिमिटेडले २४ घण्टामै ‘सेयर लोन’ दिने भएको छ । फाइनान्सले आवश्यक कागजात पुरा भएको २४ घण्टामै दिने भएको हो ।

सरल र सुलभ तरिकाले यो लोन लिएर फाइदा लिन सकिने फाइनान्सका बजार प्रमुख सुनिता राईलाई जानकारी दिईन् । लोनमा ०.७५ प्रतिशत सेवा शुल्क र डेस रेटमा सर्व-सुलभ मुल्यमा सेवा पाइन्ने छ । ।

यसअघि फाइनान्सले बिना धितो १५ लाखसम्म लोन दिने गरी ‘गोर्खा प्रोफेशनल लोन’को सुरुवात गरेको थियो । फाइनान्सले मुख्य कार्यालयसहित २३ वटा शाखाबाट देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिइरहेको छ भने विभिन्न बचत योजना सञ्चालन गरिरहेको छ । फाइनान्सले निशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ । गोर्खाज फाइनान्स लिमिटेडको हाल सातै वटा प्रदेशमा आफ्नो शाखा सञ्जाल रहेको छ ।

फाइनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादि सिराहा, वनेपा, विरगञ्ज, नारायणगढ, पोखरा, लखनचोक बुटवल, बिजौरी दाङ्, नेपालगञ्ज, सुर्खेत, चौमाला कैलाली तथा काठमाडौं उपत्यका भित्र डिल्लीवजार, बौद्ध, गोंगबु, न्युरोड, भक्तपुर र सातदोबाटो गरि जम्मा २३ वटा शाखाहरु संचालनमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७