जापानमा पहिरोमा पुरिएर ९ जनाको मृत्यु, २० बेपत्ता


२७ असार २०७८, आईतवार
japan

काठमाडौं, २७ असार । जापानमा भारी वर्षापछि आएको पहिरोमा परेर ९ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता छन् । जापानका ३ वटा प्रान्तमा पहिरो जाँदा अधिकांश घर पुरिएका छन् । सम्भावित क्षतिलाई मध्यनजर गर्दै १ लाख ५० हजार सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

भारी बर्षाले पानी बस्तीमा पसेकाले हजारौं घर डुबानमा परेका हुन् । पहिरो प्रभावित क्षेत्रमा यातायात र बिजुली आपुर्ति समेत बन्द हँुदा त्यहाँको जनजीवन थप कष्टकर बनेको छ ।

यसैबीच बर्षा र पहिरोको चपेटामा परेका जनातामाथि सहानुभूति प्रकट गर्दै प्रधानमन्त्री योशीहिदेले संयमता अपनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री योशिहिदेले प्रभावित जनताका लागि उचित राहत दिन सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७