रेल्वे लिक परीक्षणका लागि जनकपुर आइपुग्यो भारतीय एकडब्बे रेल


३ श्रावण २०७८, आईतवार
rail

जनकपुरधाम, ३ साउन । रेल सञ्चालनको पूर्व तयारीका लागि रेल्वे ट्रयाक स्पिड परीक्षण र सर्टिफिकेसन गर्ने भारतको इष्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक मात्र डब्बा र इन्जिनसहितको रेल जनकपुर आइपुगेको छ ।

janakpur indian rail2 sYSfLmu8UA

जनकपुरको कुर्था स्टेसनमा भारतीय रेल जनकपुर आइपुगेको हो । यहाँबाट प्रतिघण्टा १२० किलोमिटरको गतिमा सो रेल्वे ट्रयाकको परीक्षण गर्नेछ । रेल्वे लिक परीक्षणको लागि नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर आएका छन् ।

जनकपुरबाट भारतको जयनगर प्रतिघण्टा १२० को गतिमा लिक परीक्षण गर्दै रेल फर्किने रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले बताए । कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल्वे लिक निर्माण भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७