सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट


५ श्रावण २०७८, मंगलवार
madira 2

सुर्खेत, ५ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए । सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७