करणी मुद्दाका फरार चार वर्षपछि पक्राउ


५ श्रावण २०७८, मंगलवार
pakrau
फाइल फोटो

सुर्खेत, ५ साउन । सुर्खेत प्रहरीले जबरजस्ती करणी मुद्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विकलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत पक्राउ परेका फरार प्रतिवादी विकलाई अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७