क्यानले आयोजना गर्ने सबै खेल एक्सन स्पोर्टसले प्रशारण गर्ने


८ श्रावण २०७८, शुक्रबार
dishhome can

काठमाडौं, ८ साउन । नेपाल क्रिकेट संघ र डिश मिडिया नेटवर्कबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रशारण गर्ने सम्झौता भएको छ । साउन ८ गते डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंह विच सम्झौतामा हस्ताक्षर भएको हो ।

यहि सम्झौता अन्तर्गत नेपाल क्रिकेट संघले आयोजना गरेको पि.एम कप तथा मेयरर्स कपका महिलारपुरुष गरि ४ प्रतियोगिता डिशहोमको एक्सन स्पोर्टस् च्यानलले प्रत्यक्ष प्रसारण गरिसकेको छ । आगामी दिनमा नेपाल क्रिकेट संघद्धारा आयोजना हुने सम्पूर्ण प्रतियोगिताहरु डिशहोमको एक्सन स्पोर्टस्मा प्रत्यक्ष प्रशारण हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७