तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा भारतमाथि श्रीलङ्काको जित


९ श्रावण २०७८, शनिबार
srilanka indina cricket match IAMRjZ1Tye

काठमाडौं, ९ साउन । घरेलु टिम श्रीलङ्काले अन्तिम तथा तेस्रो एक दिवसीय क्रिकेटमा भारतलाई पराजित गरेको छ । कोलम्बोमा गए राति भएको खेलमा श्रीलङ्काले भारतलाई डीएल पद्धतिको आधारमा ३ विकेटले हराएको हो । तेस्रो खेलमा पराजित भए पनि भारतले ती खेलको सिरिज २–१ ले जितेको छ । यसअघिको दुई खेलमा भारत विजयी भएको थियो ।

भारतले दिएको २ सय २७ रनको लक्ष्य श्रीलङ्काले ३९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । श्रीलङ्का अभिस्का फर्नान्डोले ७६ रनको अर्धशतकीय इनिङ्ग खेले । यस्तै भानुका राजपाक्षेले ६५ रनको अर्धशतकीय इनिङ्ग खेल्दा चारिथ आशलङ्का २४ रनमा आउट भए ।

रमेश मेन्डिस १५ रनमा अविजित रहे । बलिङमा भारतका राहुल चाहरले ३ विकेट लिए । यस्तै चेतन शकरियाले २ तथा कृष्णपा गोथाम र हार्दिक पाण्डेयले १-१ विकेट लिए । यसअघि वर्षाको कारण ४७ ओभरमा झारिएको खेलमा भारतले ४३ ओभर १ बलमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । तर, डीएलको आधारमा श्रीलङ्काले २ सय २७ रनको नयाँ लक्ष्य पाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७