नेकपा माओवादी केन्द्रका ४९ सांसदलाई चाहियो मन्त्री पद : प्रचण्ड {भिडियो}


९ श्रावण २०७८, शनिबार
prachand

काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रबाट मन्त्री छान्न हैरानी र तनाव भएको बताएका छन् । शनिबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा बोल्दै प्रचण्डले सरकार बिस्तारलाई लिएर आफू चिन्ता र तनावमा रहेको बताएको हो ।

पार्टीका धैरै नेताहरु आंकांक्षी भएपछि प्रचण्डले आफूलाई अप्ठेरो परेको र माओवादीले धेरैमा ७ जना मन्त्री पाउने बताए । पार्टीभित्रका ४९ जना सांसद सबैलाई मन्त्री चाँहिएको भन्दै उनले पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको गुनासो गरे ।

‘ मन्त्री बन्न दवाब दिने हुलबाट आएको छु , आतंक छ । कसलाई मन्त्री बनाउने हो रु कसलाई नबनाउने हो । बढी पाए ७ जनाले पाउने हो ।’,उनले भने, ‘थप भनेका छन्,‘ मन्त्री पाए ठिक हुने, काम गर्ने, कि ठुलै नियुक्त पाए ठिक छ । तर, नपाए नेतृत्वलाई खराबै भए भन्ने, पाएन भने नेतृत्व बदमास नै भयो भन्ने बेर नलगाउने प्रवृत्ति छ । ’ कुरा आदर्शको गर्ने तर पदका लागि जे पनि गर्ने प्रवृतिलाई अव अन्त्य गर्नुपर्ने उनले बताए ।

त्यस्तै प्रचण्डले गठवन्धनका विरोधीहरुले यो गठवन्धन फुटाउने लागेको टिप्पणी गरे । एमसीसीमा भिडाएर गठबन्धनबीच झगडा गराउने प्रयास भइरहेको उनको भनाई छ । संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए।

संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन,’ उनले भने ।

संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

भिडियाे

https://youtu.be/6kuDSU60Qf0

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७