व्यस्त विप्लव : आज उपेन्द्र यादवसँग भेटवार्ता


१० श्रावण २०७८, आईतवार
biplav meets with upendra yadav

काठमाडौं, १० साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज (आइतबार) जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।

यादवको निवासमा विप्लवसँगै उनको पार्टीका नेता खड्गबहादुर विश्वकर्मा पनि पुगेका थिए । अघिल्लो हप्तादेखि विप्लवले विभिन्न दलका नेताहरुलाई भेटिरहेका छन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा बादल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटिसकेका छन् । राजनीतिक भेटघाटमा व्यस्त विप्लवले अघिल्लो सरकारसँग गरेका शान्ति सम्झौताबारे नेताहरुको धारणा बुझ्दै सोको कार्यान्वयनका लागि भूमिका निर्वाह गरिदिन आग्रह गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७