एनआईसीको मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन दिन सकिने


१० श्रावण २०७८, आईतवार
Creative on IPO Application through NIC ASIA MoBank and Website pVKaP6Mkui

काठमाडौं, १० साउन । एन आई सी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने आईपीओमा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।

यस बैंकमार्फत डिम्याट खाता खोलेका एवं यस बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकहरूले यस नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सक्नेछन् ।

कोभिड- १९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवं सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७