नेपाल भर्सेस हङकङ: नेपाललाई १ सय ९५ रनको लक्ष्य (Liveभिडियो)


२७ आश्विन २०७४, शुक्रबार
Nepal vs hongkong

 

 

काठमाडौं: विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत अहिले नेपाल र हङकङ खेलिरहेका छन् नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । हङकङ १ सय ९४ रनमा अल आउट भएको छ।

 

Nepal vs hongkong

नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको योगफल बनाएको थियो । चौथो ओभरको चौथो बलमा करण केसीको बलमा हङकङका ओपनर अंशुमन रथ खाता नखोली पेविलियन फर्किएसँगै  विकेट पतन सुरु भएको थियो ।

सुस्त गतिमा रन बनाएको हङकङले ११औं ओभरको पाचौं बलमा ३५ रन बनाउँदा दोस्रो विकेट गुमायो । उसका कप्तान बाबर हायत २९ रनको व्यक्तिगत स्कोरमा दिपेन्द्र सिंह ऐरीको हातबाट रनआउटको शिकार भए ।हङकङको तेस्रो विकेट युवा स्पिनर सन्दिप लामिछानेले लिए । १७.४ ओभरमा हङकङले ७० रन बनाउँदा अनुभवी ब्याट्सम्यान निजाकात खानलाई १२ रनको व्यक्तिगत स्कोरमा सन्दिपले विकेटकिपर बिनोद भण्डारीको हातबाट स्टम्पिङ गराए ।

२९.३ ओभरमा टिमको स्कोर १०८ रन हुँदा वाकाश खान १४ रनको स्कोरमा बसन्त रेग्मीको बलमा आउट भए ।, ३०.४ ओभरमा साहिद वाासिफ १ रनमै सन्दिप लामिछानेको बलमा एलबीडब्ल्यू आउट भए ।, ३३.१ ओभरमा इशान खान बसन्तको बलमा खाता खोल्नै नपाइ पेविलियन फर्किए भने ३४.२ ओभरमा अइजाज खान पनि शुन्य रनमै सन्दिपको बलमा कट एट बल भए ।४१औं ओभरको चौथो बलमा नेपालले हङकङका ओपनर अत्किन्सनलाई ७६ रनको व्यक्तिगत स्कोरमा सुशान भारीको बलमार्फत एलबीडब्ल्यूको शिकार बनायो । ११७ बलको सामना गरेका उनले ९ चौका र १ छक्काको सहयोगमा ७६ रनको शानदार पारी खेलेका थिए ।

१४४ रन हुँदा आठौं विकेट गुमाएको हङकङका लागि तान्वीर अफजल र इशान नावाजले नवौं विकेटका लागि ३८ रनको ठोष साझेदारी गरे । ४७.४ ओभरमा करण केसीको बलमा सागर पुनबाट ब्याच आउट हुनुअघि अफजलले ३ चौका र ३ छक्काको सहयोगमा ३८ रन बनाए ।नेपालका लागि सन्दिप लामिछानेले ३, करण केसी र बसन्त रेग्मीले २-२ तथा सुशान भारीले १ विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७