बलात्कार आरोपमा असई पक्राउ


१३ श्रावण २०७८, बुधबार
pakrau
फाइल फोटो

सुनसरी, १३ साउन । एक युवतीलाई बलात्कार गरेको आरोपमा झापामा कार्यररत असई सुनसरीमा पक्राउ परेका छन् । सप्तरीको बोदे बर्साइन नगरपालिका–१ धनगढी घर भई झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा कार्यरत असई ३९ वर्षीय जितेन्द्र मण्डललाई युवती बलात्कार आरोपमा प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

एक २३ वर्षीया युवतीले यही साउन ९ गते सुनसरीको इटहरस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि असई मण्डल आफैं प्रहरी कार्यालयमा उपस्थिति भएका थिए । मंगलबार नै सुनसरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

असई मण्डलले आफूलाई विभिन्न मितिमा विभिन्न स्थानमा बलात्कार गर्ने क्रममा पछिल्लो पटक गत चैत २८ गते सुनसरीको इटहरीमै बलात्कार गरेको युवतीले उजुरीमा उल्लेख गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७