दक्षिण कोरियामा कोरोनाको चौथो वेभ, संक्रमितको संख्या फेरि बढ्न थाल्यो


१४ श्रावण २०७८, बिहीबार
844685 01 02
Medical staff members wearing protective gear carry a patient infected with the COVID-19 coronavirus at a hospital in Seoul on March 8, 2020. – South Korea has the highest number of confirmed COVID-19 cases in the world outside China, taking its total to 7,134. (Photo by – / YONHAP / AFP) / – South Korea OUT / REPUBLIC OF KOREA OUT NO ARCHIVES RESTRICTED TO SUBSCRIPTION USE

काठमाडौं, १४ साउन । कोरोना भाइरस (कोभिड–१९) को चौथो वेभ सुरु भएपछि दक्षिण कोरियामा कोभिड–१९ का सङ्क्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । सङ्क्रमितको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्ड कायम हुन थालेको छ । दक्षिण कोरियामा गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीले मंगलबार एक हजार ८९६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका जानकारी दिएका छन्। यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ सङ्क्रमितको संख्या एक लाख ९३ हजारभन्दा बढी पुगेको छ । दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।

दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा सुरु भएको दुई साता पुगेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड अपनाउने काममा कडाई गरेको छ । यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्याङ्कको हिसाब गर्दा अघिल्ला महिनाको तुलनामा हाल त्यहाँ सङ्क्रमित कम्तीमा पनि ५८ प्रतिशत बढेका छन् ।

कोरिया सरकारले कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७