माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन


१६ श्रावण २०७८, शनिबार
02 a force 2 A4ZIKN6YY2

काठमाडौं, १६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गठन गरेको अखिल फोर्सको राष्ट्रिय भेला आज (शनिबार) शुरु भएको छ । एमालेकै केपी शर्मा ओली पक्षले युथ फोर्स ब्यूँताएपछि त्यसलाई चुनौती दिन गठन गरिएको अखिल फोर्सले शनिबार दिउँसो राजधानीमा आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

यसअघि एमाले नेता महेश बस्नेतको नेतृत्वमा युथ फोर्सले राजधानीमा गरेको मोटरसाइकल ¥यालीकै शैलीमा वरिष्ठ नेता नेपाल पक्षीय अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो । माधव पक्षीय अनेरास्ववियुका केन्द्रीय सचिव अशोक थापाका अनुसार भेलाअघि भृकुटीमण्डपबाट बबरमहलसम्म मोटरसाइकल र्‍याली गरिएको हो । उक्त र्‍यालीमा ‘अखिल फोर्स’ लेखिएका रातो झण्डासहित विद्यार्थी र युवाहरु सहभागी थिए ।

नेपाल पक्षले आफू कमजोर नरहेको सन्देश दिने गरी राजधानीमा मोटरसाइकल र्‍याली गरेको हो । एमालेमा विवाद बढ्दै जाँदा ओली पक्षले युथ फोर्स ब्यूँताएको छ भने साइबर सेना र आइटी आर्मीलाई पनि सक्रिय बनाएको छ । यस्तोमा माधव पक्षले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्सलाई सक्रिय बनाएको छ । एमाले सत्ताबाट बाहिरिएसँगै यी बाहुबली संगठनहरुलाई दुवै पक्षले सक्रिय बनाएका हुन् । ¥यालीपछि हुने अखिल फोर्सको राष्ट्रिय भेलालाई नेता नेपालले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७