टर्कीमा अत्यधिक गर्मीका कारण जङ्गलमा आगलागी हुँदा सात जनाको मृत्यु


१७ श्रावण २०७८, आईतवार
Turkey Wildfire 32291

काठमाडौं, १७ साउन । टर्कीमा अत्यधिक गर्मीका कारण जंगलमा भएको आगलागीमा ७ जनाको मृत्यु भएको छ । टर्कीका बिभिन्न ९८ स्थानमा भएको आगलागीका कारण सयौं बिस्थापित भएका छन् ।

हाल ८८ वटा क्षेत्रको आगलागी नियन्त्रणमा लिइएको छ । टर्कीमा बर्षेनी गर्मीका कारण मानिसको ज्यान जाने गरेको छ । त्यहाँको तापक्रम अहिले ४८ डिग्री पुगेको छ ।

अत्यधिक गर्मीकै कारण कलेज र बिद्यालयहरु बन्द गरिएका छन् । टर्कीका जंगल आसपासका बस्तीहरु खाली गरिएका छन् । केही घरहरु पनि जलेर नष्ट भएका छन् । बिगत एक साता देखि जारी गर्मी केही दिन रहने मौसमबिदहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७