ओली–नेपाल भेटवार्ता हुँदै


१९ श्रावण २०७८, मंगलवार
kp oli madhav kumar nepal 1

काठमाडौं, १९ साउन । नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयास स्वरुप आज (मंगलबार) पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।

दुई नेताबीच आज भेटवार्ता गर्ने तय भए पनि समय र स्थान भने तय भइनसकेको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । ‘आज भेट हुन्छ, समय र स्थान टुङ्गो लाग्न बाँकी छ’, नेम्वाङले सुनाए ।

पछिल्लो समय ओली र नेपाल सार्वजनिक कार्यक्रममा एक अर्काप्रति आक्रामक कटाक्षमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरुसहित दोस्रो तहका नेताहरूले भने पार्टी एकताका लागि निरन्तर पहल जारी राखेका छन् । दोस्रो तहका नेताहरूकै पहलका कारण ओली पक्षले माधव पक्षलाई स्पष्टीकरण सोधे पनि कारबाही अघि बढाएको छैन ।

यस्तै माधव नेपालले पनि आफू पार्टी एकताकै पक्षमा रहेको स्पष्ट बताएका छन् । सोमबार राजधानीमा भएको आफू निकट स्थायी समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘कमरेडहरू सबैको एकताको भावनासँग मेरो पनि एकरूपता छ । त्यसैले मैले बारम्बार एकता हाम्रो इच्छा र चाहना हो भन्ने गरेको छु । सकेसम्म छिटो, सम्मानजनक र सुव्यवस्थित ढङ्गले एकता होस् भन्ने मेरो चाहना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७