देउवा सरकार शुरुमै पंगु बन्यो : खगेन्द्र संग्रौला


२० श्रावण २०७८, बुधबार
Khagendra Sangraula

काठमाडौं, २० साउन । वरिष्ठ लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले शेरबहादुर देउवा नेतृत्वको सरकार शुरुमै पंगु हुन थालेको टिप्पणी गरेका छन् ।

पाँच दलीय गठबन्धन सरकारले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेकोतर्फ संकेत गर्दै संग्रौलाले यसले सरकारको पंगुपनालाई प्रमाणित गरेको बताएका हुन् । प्रम देउवा गठबन्धनका अन्य दलले कहिले मन्त्रीको नाम दिन्छन् भनेर पर्खेर बसिरहे पनि प्रचण्ड र माधव नेपालले मन्त्रीको नाम नदिँदा देउवा सरकार शुरुमै पंगु बनेको संग्रौलाको भनाई छ ।

‘प्रम देउवा गठबन्धनका पक्षले कहिले मन्त्रीका नाम देलान् भनी हात थापेर बस्याबस्यै । माधव कुटिल एकताको भ्यागुत्ताको धार्नी पुग्ने क्षणको पर्खाइमा बस्याबस्यै । पुकदा कोटेश्वर बालुवाटारको व्यर्थको रेसमा कुद्याकुदेई,’ संग्रौलाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अकर्मण्य नेतात्रयद्वारा प्रारम्भमै सरकारको पङ्गुपन प्रमाणित भो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७