मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ


२१ श्रावण २०७८, बिहीबार
dkfmdkgmk1628162579

काठमाडौं, २१ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका धनेश्वरबाट हराएको प्रदेश ३–०२–००२ प ४८०३ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा बिहीबार उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल काठमाडौंको वनस्थली बस्ने २४ वर्षीय सञ्जय तामाङ र नुवाकोटकै तादी गाउँपालिका–६ घर भई हाल काठमाडौंको तारकेश्वर–६ बस्ने ३२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्जमा बुझाएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७