एक वर्षमा एक अर्ब ६५ करोडको डाइपर आयात


२३ श्रावण २०७८, शनिबार
diappeer smjMRgSly8
Diaper baby. Softly cleanliness new born childrens diapers for pee absorbent layered material urine protection vector realistic. Illustration baby diaper and protection, comfortable for infant

काठमाडौं, २३ साउन । गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ ।
सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाखथान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब १० करोडथान डाइपर आयात भएको छ ।
त्यस्तै, भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजारथान डाइपर आयात भएको विभागले जनाएको छ ।

नेपालले मलेसिया, थाइल्यान्ड, युनाइटेड अरब इमिरेट्स (यूएई), टर्की, हङकङ, सिंगापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ । विशेष गरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७