भट्टराईले सूर्य चिन्ह छाडे


२७ आश्विन २०७४, शुक्रबार
Baburam bhattrai 1 2

काठमाडौं : नयाँ शक्ति नेपालले निर्वाचन क्षेत्र बाँडफाँट गर्ने क्रममा सहमति हुन नसक्दा सूर्य चुनाव चिन्ह छाडेका छन् । माओवादी केन्द्र र एमालेबीच गोर्खाका दुवै क्षेत्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रको उम्मेदवार दिने सहमति भएसंगै नयाँ शक्तिले सूर्य चिन्हबाट चुनाव नलड्ने निर्णय गरेको हो ।Baburam bhattrai 1 2
गोरखा २ नमबर क्षेत्रबाट नारायाणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन् । भने सोही क्षेत्रबाटै बाबुराम भट्टराईले पनि दाबी गर्दै आएका थिए ।  श्रेष्ठ र भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ नै हो । त्यसैले श्रेष्ठ र भट्टराई दुवैले २ नम्बर क्षेत्र दाबी गर्दै आएका हुन् । श्रेष्ठ कुनै हालतमा पनि गोरखा २ नछाड्ने र भट्टरार्ईले पनि २ बाट उम्मेदवार बन्न नपाए गठबन्धन छोड्ने चेतवानी दिँदै आएका थिए ।
गठबन्धनमा सहमति नजुटेपछि भट्टराईले ओलीलाई छुट्टै भेटेर वाम गठबन्धन र पार्टी एकता प्रक्रियाबाट समेत बाहिरिन चेतावनी दिएका थिए । भट्टराईले जुनसुकै अवस्थामा पनि गोरखा २ बाटै उम्मेदवार बन्ने उद्घोष गरिसकेका छन् ।
नयाँ शक्तिले सूर्य चिन्ह छाडेसंगै अब आफ्नै चुनाव चिन्हमा निवार्चन लड्ने तयारी गरेको छ ।
भट्टराई र श्रेष्ठ दुवै गोरखा २ छाड्न तयार नभएपछि गठबन्धनमै सङ्कट आएको छ। गोरखा माओवादीको बलियो पकड रहेको जिल्ला मानिन्छ, जहाँबाट भट्टराईले पहिलो र दोस्रो संविधान सभा चुनाव जितेका थिए। तर उनले माओवादी छाडेर नयाँशक्ति पार्टी गठन गरेपछि संविधानसभाबाटै राजीनामा दिएका थिए।
अश्विन १७ गते मात्रै आगामी मङ्सिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता घोषणा गरेका गरेका थिए । भट्टराईले एमाले अध्यक्ष केपी ओलीसंग आफ्नो पार्टी सूर्य चिन्हबाटै प्रतिनिधिसभा र प्रदेशसभाका चुनाव लड्ने सहमति भएको थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७