पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रु अलत्र


२६ श्रावण २०७८, मंगलवार
pahiro parbat

बैतडी, २६ साउन । लगातारको वर्षाका कारण महाकाली राजमार्ग अवरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत बैतडीको सतबाँझ–गोकुलेश्वर सडक खण्डको धरमघरमा पहिरो खस्दा आवतजावत बन्द भएको हो ।

आज बिहान सडक माथिबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास वर्षाका कारण प्रभावित भएको छ ।

राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा सवारी साधन रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । सडक बिस्तारको काम भइरहेको सडकखण्डमा बेलाबेला पहिरो खस्ने गरेको बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७