आफ्नो घरमा बस्न आउन मेस्सीलाई रामोशको अफर


२९ श्रावण २०७८, शुक्रबार
Capture 5

काठमाडौं, २९ साउन । सर्जियो रामोशले लियोनेल मेस्सीलाई परिवारसहित आफ्नो घरमा बस्न आउन अफर गरेका छन् । होटलमा बस्दा वाक्क भएको भए मेस्सीलाई आफ्नो घरमा आउन रामोशले अफर गरेका हुन् ।

ला लिगामा लामो समय चिर प्रतिद्वन्द्वी रहेका रियल म्याड्रिड र बार्सिलोनाका कप्तानद्वय अहिले पेरिस सेन्ट जर्मेनमा समकक्षी बनेका छन् । एल पाइसका अनुसार रामोशले आफ्नो समकक्षीलाई आफूसँगै बस्न अफर गरेका हुन् । स्थायी घर नभेटेसम्म मेस्सी ले रोयाल मोनेकाउ होटलमा बसिरहेका छन् । रामोश पनि सुरुमा त्यही होटलमा बसेका थिए । अहिले भने उनले एंखेल डि मारिया र मार्किन्होस बस्ने निउली–सर–सिइन क्षेत्रमा घर लिएर बसेका छन् ।

रामोशले मेस्सीलाई आफ्नो घरमा बस्न अफर गर्नुलाई दुई खेलाडीबीचको सम्बन्धमा नयाँ अध्यायको रूपमा हेरिएको छ । दुई खेलाडीलाई सँगै मैदानमा हेर्न भने फुटबल फ्यानहरूले केही समय पर्खनुपर्छ । तिघ्रामा चोटका कारण रामोश दुई महिना मैदानबाहिर रहेका छन् भने कोपा अमेरिका प्रतियोगितादेखि प्रशिक्षणमा नरहेका मेस्सी तत्कालै खेल्ने सम्भावना कम रहेको बताइएको छ । डेली मेलबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७