मौद्रिक नीति आज अपरान्ह सवा ४ बजे


२९ श्रावण २०७८, शुक्रबार
bank

काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) अपरान्ह सवा ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ । आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैंठकबाट अनुमोदन भएसँगै सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।

वाणिज्य बैंकले मर्जरको लागि सञ्चालक समितिको संख्या बढाउनुपर्नेलगायत माग राखे पनि वाफियामा नै सातजना सञ्चालकको व्यवस्था रहेको उक्त माग सम्बोधन गर्न नसकिएको राष्ट्र बैंकका एक सञ्चालकले बताए । तर, मर्जरमा जानेलाई स्प्रेड रेटमा छुटसहितको थप सुविधा दिने प्रस्ताव सञ्चालक समितिबाट पारित भएको छ ।

यता, सेयर धितो कर्जामा भारित जोखिम र औषत अवधि कुनै पनि परिमार्जन नभएको स्रोतले जनाएको छ । तर, एउटा व्यक्तिले लिन सक्ने अधिकतम सीमा भने तोकिएको स्रोतले जानकारी दियो ।

यस्तै, गत आर्थिक वर्षमा २७ प्रतिशतले कर्जा विस्तार भएर जोखिमयुक्त सम्पत्ति बढेपछि चालु आर्थिक वर्षमा क्रेडिट ग्रोथलाई नियन्त्रण गर्ने लक्ष्य मौद्रिक नीतिमा लिइएको छ । क्रेडिट ग्रोथ २० प्रतिशतभन्दा मुनि नै राख्ने नीति रहेको स्रोतले जनायो । यता, पुनर्कर्जा, कर्जा पुनः संरचनालगायत कार्यक्रमलाई राष्ट्र बैंकले निरन्तरता दिएको छ ।

हकप्रद सेयरको सन्दर्भमा मौद्रिक नीतिमा केही पनि नबोलिएको स्रोतले बताए । लघुवित्तलाई हकप्रद सेयर जारी गर्न प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न स्वीकृत नदिने नीतिगत व्यवस्था नै रहे पनि अन्य बैंक तथा वित्तीय संस्थालाई भने हकप्रद प्रस्ताव गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने यसअघिको व्यवस्था रहेको छ । लघुवित्त बाहेक अरू संस्थालाई नीतिगत रूपमा हकप्रद नरोकेको हुँदा मौद्रिक नीतिले यस विषयमा केही नबोल्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७