२०७८ साउन ३१ गते आइतबारको तपाईको राशिफल

सुकला वनाजी स्वाति , रवी सप्तमी व्रत / तुलसीदास जयन्ती


३१ श्रावण २०७८, आईतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्द, व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफन्तले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मान सम्मान पाउने छन् ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
धर्म, संस्कृतिका सभा समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तसँग मनमुटाव बढ्ला । स्वास्थ्यमा समस्या देखापर्ला अतः सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७