अफगानिस्तानबाट नेपालीको उद्धार गर्न भदौं ११ गते न्यारोबडी जहाज जाने


३१ श्रावण २०७८, आईतवार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, ३१ साउन । संकटग्रस्त अफगानिस्तानको काबुलबाट नेपालीको उद्धारका लागि एक निजी कम्पनीले नेपाल एयरलाइन्सको जहाज बुक गरेको छ । दुबईबाट नेपालीलाई अफगानिस्तान लैजाने एक निजी कम्पनीले नेपालीको उद्धारका लागि भन्दै निगमको जहाज बुक गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए ।

‘भदौ ११ का लागि जहाज बुक भएको छ,’ उनले भने, ‘काबुलमा सेड्यूल उडान जारी रहेको अवस्थामा हाम्रो उडान समेत हुनेछ, नत्र नहुन पनि सक्छ ।’ सो दिनसम्मको अवस्था हेरी थप निश्चित हुने उनको भनाइ छ । निगम स्रोतका अनुसार ११ भदौका लागि भने १ सय जना नेपाली ल्याउने भनी जहाज बुक गरिएको हो । काबुलमा यसअघि नेपाल वायुसेवा निगमले नेपाली नागरिकको शव ल्याउने प्रयोजनका लागि एक उडान गरिसकेको छ ।

t 1

नेपाल वायुसेवा निगमका अनुसार अगस्ट २६मा विहान ११ः३० मा नेपाल एयरलाइन्सको न्यारोबडी जहाज जाने उडान तालिका रहेको छ । उक्त जहाजले २ः४५ काबुलबाट उडान भरी साझ ६ः५० मा नेपाल आईपुग्ने तालिका रहेको छ । ‘चार्टर्ड उडान भएकाले अहिले परराष्ट्रसँग कुनै अनुमति लिएका छैनौं । हामीले न्यारोबडी बुकिङ गरिसकेका छौं,’ निगमका ती अधिकारीले भने ।

उता, नेपाल एयरलाइन्सका महाप्रबन्धक डीमप्रसाद पौडेलले पनि उडान हुने निश्चित नभएको जानकारी दिएका छन् । ‘युद्धग्रस्त क्षेत्रमा हाम्रो जहाज सिधै उडाउन मिल्दैन,’ उनले भने, ‘सुरक्षाको ग्यारेन्टी भएमा र अनुमति पाएमा उड्न सक्छ ।’ उनले सरकारले उद्धार गर्नुपर्ने मानिसको संख्या यकिन भएपछि भने जहाज लैजाने तयारी थाल्ने बताएका छन् । तर, त्यसका लागि कम्तीमा ५ दिनको समय भने लाग्ने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७