अफगानी राष्ट्रपति घानी युएईको शरणमा, छोरी मरियम न्युयोर्क घुमफिरमा


४ भाद्र २०७८, शुक्रबार
ghanis daughter strolling around newyork1629444465

काठमाडौं, ४ भदौं । तालिबानको कब्जापछि अफगानिस्तानबाट पलायन भएका राष्ट्रपति असरफ घानीकी छोरी न्युयोर्कमा आरामले घुमफिर गरिरहेको अवस्थामा देखा परेकी छन् । उता काबुल फसेकाहरुलाई संघर्षरत् रूपमा फिर्ता ल्याउने काम अझै जारी छ ।

तर, ती सबै अस्तव्यस्तताबीच ४२ वर्षीया मरियम घानी आफ्ना साथीसँग बुधबार ब्रुकलिनमा टहलिरहेकी थिइन् । तालिबान हमलापछि देश र जनतालाई छाडेर भागेका र हाल यूएईमा शरण लिइरहेका आफ्ना पिताबारे उनले कुनै प्रतिक्रिया दिएकी छैनन् । भिजुअल आर्टिस्ट तथा फिल्म निर्माता मरियम, क्लिनटन हिलको लक्जरी भवनमा बस्दै आएकी छन् ।

घानी चाहिँ आइतबार आफ्ना नजिकी स्टाफसँग राष्ट्रपति भवनबाट बाहिरिएका हुन् । काबुलस्थित रुसी दूतावासका अनुसार उनी चार वटा गाडी र क्यास पैसाले भरिएको हेलिकप्टर लिएर भागेका थिए । तर, यसबारेमा छोरी मरियमले मिडियालाई प्रतिक्रिया दिन अस्वीकार गरेकी छन् । ब्रुकलिनमै जन्मिएकी र मेरिल्यान्डमा हुर्किएकी मरियमले आफ्नो पितासँग सम्पर्क गरे नगरेको स्पष्ट हुन सकेको छैन ।

यसअघि आफ्नो इन्स्टाग्राम पोस्टमा उनले सोमबारका सबै घटनाले आफूलाई एकदमै आक्रोशित बनाएको र अफगानिस्तानमा छाडिएका परिवार, साथीभाइ र सहकर्मीका लागि प्रार्थना गरिरहेको भनेर लेखेकी थिइन् । उनले आफ्ना पितालाई सधैं अद्भुत् र उल्लेखनीय व्यक्ति भनेर व्याख्या गर्दै आएकी छन् ।

२००२ मा पिता अफगान सरकारका लागि काम गर्न थाल्दा मरियम चाहिँ अमेरिकामै आफ्नो भविष्य बनाइरहेकी थिइन् । उनले न्युयोर्क युनिभर्सिटीमा अध्ययन पूरा गरेकी हुन् । उनका कामहरु विश्वका केही सर्वाधिक प्रतिष्ठित म्युजियममा प्रदर्शन गरिएको छ ।

उनको पहिलो फिचर डक्युमेन्ट्री ‘ह्वाट वी लेफ्ट अनफिनिस्ड’ निर्माण गर्न सुरु गरिएको तर अफगानिस्तानमा कम्युनिस्टको युगपछि त्यसै छाड्नु परेका पाँच वटा फिल्मका बारेमा रहेको छ र अहिले पनि केही निश्चित थिएटरहरुमा प्रशारण भइरहेको छ । मरियमले २००२ सम्म अफगानिस्तान भ्रमण गर्न पाएकी थिइनन् ।

यसअघि न्युयोर्क टाइम्ससँग कुरा गर्दा उनले मानिसहरुले आफ्नो परिवारसँगको सम्बन्धभन्दा आफ्नो कामलाई हेरुन् भन्ने चाहेको बताएकी थिइन् । न्युयोर्कमा जीवन सामान्य भए पनि अफगानिस्तानमा चाहिँ सुरक्षाका कारणले खुलेर घुमफिर गर्न नपाउने उनले त्यस बेलाको अन्तर्वार्तामा बताएकी थिइन् । उनी कामका लागि अफगानिस्तान जाँदा काबुलमा केही कक्षा पनि पढाएकी थिइन् । त्यस समय उनले त्यहाँका महिला कलाकारहरुलाई नियुक्त गरेकी थिइन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७