तेस्रो धारका नेता आठ महिनापछि ओलीले बोलाएको एमाले स्थायी कमिटी वैठकमा

एमाले अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि सहभागी


८ भाद्र २०७८, मंगलवार
Tesro dhar ka neta

काठमाडौं, ८ भदौं । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलमा शुरु हुँदैछ । बैठकमा सहभागी हुन यसअघि तेस्रो धारका भनिएका नौ जना नै नेता पुगेका छन् ।

२०७७ पुस ७ गते केपी शर्मा ओलीलाई नेकपा अध्यक्ष र साधारण सदस्यबाट समेत निष्कासित गरेपछि विभाजित भएका नेताहरू ८ महिना पुगेको भोलिपल्ट ओलीकै अध्यक्षताको बैठकमा सहभागी हुन च्यासल पुगेका छन् । यसअघि एमालेमा देखिएको विवादका क्रममा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी हुन पुगेका हुन् ।

बैठकमा भाग लिन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य पनि पुगेकी छन् । त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुन पुगेका छन् । त्यस्तै उपमहासचिव घनश्याम भुसाल पनि बैठकमा सहभागी हुन पुगेका छन् । त्यसैगरी यसअघि माधव नेपाल समूहमा रहेका अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि बैठकमा सहभागी हुन पुगेका छन्।

त्यस्तै सचिवहरु भीम आचार्य, योगेशकुमार भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि लामो समयपछि एमाले बैठकमा भाग लिन पुगेका छन् । सोमबार बालकोटमा भएको अनौपचारिक बैठकमा अध्यक्ष ओली पार्टी कमिटीलाई २०७५ जेठ २ कै अवस्थामा माथिदेखि तलैसम्म ब्यूँताउन तयार भएका थिए । त्यही अनुसार आजको स्थायी कमिटी बैठकले पनि नेकपा एकीकृत समाजवादी खोल्ने निर्णयमा पुगेका नेता नेपाललाई पार्टीमा फर्किन आह्वान गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७