कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु


९ भाद्र २०७८, बुधबार
veri

बाँके, ९ भदौं । कोरोना भाइरस संक्रमणबाट बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा एक जना बाँकेका र एक जना दाङका हुन् ।

राप्ती गाउँपालिका–३ दाङका ८४ वर्षीय पुरुषको मंगलबार राति ९ बजे र राप्ती सोनारी गाउँपालिका–३ बाँकेका ४३ वर्षीय पुरुषको मंगलबार राति ९ः३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । दाङका संक्रमित भदौ ५ गते र बाँकेका संक्रमित साउन २९ गते अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु हुने संख्या ३९७ पुगेको छ । तीमध्ये ३२८ जना बाँके जिल्लाका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७