१५ घण्टापछि मुग्लिन–नारायणगढ सडक सञ्चालनमा


११ भाद्र २०७८, शुक्रबार
mugling

चितवन, ११ भदौं । पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । बिहीबार बेलुकादेखि सेती दोभानमा खसेको पहिरो आज (शुक्रबार) बिहान पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ । बिहान साढे ५ देखि पहिरो पन्छाउन शुरु गरी करिब सवा ९ बजे दुईतर्फी सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

कार्यालयका निमित्त प्रमुख सूर्यबहादुर थापाले भने, ‘सवा ९ बजेदेखि सडक सञ्चालनमा आएको जानकारी छ । तर, अझै पनि लेदो बग्ने क्रम जारी छ । हेरौं, कति समयसम्म सडक सञ्चालन गर्न सकिन्छ ।’

सोही ठाउँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बढेको ट्राफिक प्रहरीले जनाएको छ । आज बिहान करिब साढे ४ बजेतिर पाँच किलोमा समेत सुक्खा पहिरो खसेको थियो । सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा ल्याइएको थापाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७