म्याद सकिएको खोप प्रयोग गरिएको छैन, अफवाहको पछि नलागौं : स्वास्थ्य मन्त्रालय


१२ भाद्र २०७८, शनिबार
khop
फाइल फोटो

काठमाडौं, १२ भदौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरस विरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ ।

मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको म्याद सकिएको खोपको प्रयोग भइरहेको अफवाह फैलिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै म्याद सकिएको खोपको प्रयोग नगरिएको स्पष्ट पारेको हो । मन्त्रालयले खोपको म्यादबारेको अफवाहको पछि नलागि ढुक्क भएर खोप लगाउन सबैलाई अनुरोध समेत गरेको छ ।

‘कोरोना भाइरस विरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत रहेको र म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा ल्याइसक्ने कुराको प्रत्याभूत गराउन चाहन्छौ,’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७