१,८९७ मा कोरोना संक्रमण, १,७४३ जना निको, २० को मृत्यु


२१ भाद्र २०७८, सोमबार
korona 1

काठमाडौं, २१ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६०९ पीसीआर र ४,३७० जनाको एन्टीजेन परीक्षणका क्रममा १,८९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै कूल संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ पुगेको छ । कूल संक्रमितमध्ये ३० हजार ९७३ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १,७४३ जना संक्रमित निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ७ लाख २८ हजार ९२८ पुगेको छ ।

सो अवधिमा २० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । हाल २८ हजार ९११ जना होम आइसोलेसन र २ हजार ६२ जना संस्थागत आइसोलेसनमा छन् । २६० जना क्वारेन्टाइन, ५१२ जना आइसीयू र १६३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७