डेपेको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सको शानदार जित


२३ भाद्र २०७८, बुधबार
depy1631070175

काठमाडौं, २३ भदौं । नेदरल्याण्ड्सले विश्वकपको युरापेली छनोटमा शानदार जित निकालेको छ । मेम्फिस डेपेको पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिकमा मंगलबार राति भएको खेलमा नेदरल्याण्ड्सले टर्कीलाई ६–१ गोल अन्तरले हराएको हो । बार्सिलोनाका डेपेले राष्ट्रिय टोलीका लागि पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक पूरा गरे ।

नेदरल्याण्ड्सको जितमा डाभे कालाशेन, गुस टिल र डोनिएल मलेनले एक–एक गोल गरे । उता टर्कीका लागि केन्जिज उन्डेरले एक गोल फर्काए । जितसँगै नेदरल्याण्ड्स समूह चरणको छनोटमा शीर्ष स्थानमा उक्लिएको छ । नेदरल्याण्ड्सले ६ खेलबाट १३ अंक जोडेको छ । दोस्रो स्थानको नर्वेको समान अंक भए पनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।

पराजित टर्की ११ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । २७ वर्षिय डेपे जोहान क्रुइफ र अबे लेन्स्ट्रासँगै ३३ गोलसँगै नेदरल्याण्ड्सको आठौं सर्वाधिक गोलकर्ता बनेका छन् । कागलर सोयुन्कु रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टर्कीले ४४औं मिनेटमा १० खेलाडीमा सीमित बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७