पन्जसिरबासीको हारगुहार : तालिबानले नरसंहार गरिरहेको छ, हामीलाई बचाउनुस्


२६ भाद्र २०७८, शनिबार
panjasir nice oV0YU8jbJ7

काबुल, २६ भदौं । अफगानिस्तानको पन्जसिर प्रान्त निवासी एक व्यक्तिले तालिबानले आफ्नो परिवारलाई घर छाडेर काबुल जान चेतावनी दिइरहेको गुनासो गरेका छन् ।

ती व्यक्तिले बीबीसीको फारसी सेवासँग भनेका छन्, ‘तालिबानले पन्जसिरका बासिन्दालाई दबाब दिइरहेका छन्, त्यहाँबाट भाग्न बाध्य बनाइरहेका छन् ।’ बीबीसीका अनुसार यतिबेला सामाजिक सञ्जालमा प्रान्त (पन्जसिर) छाडेर गइरहेकाहरूको भिडियो भाइरल भइरहेको छ । एक भिडियोमा धेरै वटा कार, बस र ट्रक पन्जसिर उपत्यकामा राखिएको देखिन्छन् ।

panjasir truck 6PaVWt6GQC

पन्जसिरका अर्का एक स्थानीयले भने, ‘धेरै परिवारलाई जबरजस्ती काबुल पठाइएको थियो, उनीहरूलाई नियन्त्रणमा लिएर अज्ञात स्थल लगिएको छ ।’ तालिबानविरोधी समूह नेसनल रेसिस्टेन्स फ्रन्टको विदेशी सम्बन्धका इन्जार्च अली निजारीले एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पन्जसिरस्थित मेरो घरबाट निकालिएको छ ।’

उनका अनुसार ‘तालिबानले नरसंहार गरिरहेका छन्, संसारले देखिरहेको छ, तर उनीहरूलाई कुनै प्रभाव परेको छैन ।’ उनले ‘यो युद्ध अपराध रोक्न’ अन्तर्राष्ट्रिय समुदायसँग अपिल समेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७