बागमतीमा २३ प्रतिशतले लगाए कोरोनाविरुद्धको दुवै मात्र खोप


२७ भाद्र २०७८, आईतवार
corona khop 1
फाइल फोटो

हेटौंडा, २७ भदौं । बागमती प्रदेशका २३ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको दुवै मात्रा लगाएका छन् । प्रदेशको १३ जिल्लाका विभिन्न खोप केन्द्रहरूबाट १८ वर्षमाथिका कुल जनसख्या मध्ये २३ प्रतिशत अर्थात् १८ लाख ६५ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका हुन् ।

प्रदेशका १८ वर्ष भन्दा माथिका ३२ लाख ८३ हजार ९३३ जना अर्थात् ५६ प्रतिशत व्यक्तिहरुले कोरोना विरुद्धको कुनै पनि खोप लगाएका छैनन् । प्रदेशका ३ लाख ४७ हजार १११ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ११ लाख ७० हजार ८६२ जनाले भेरोसेल र ३ लाख ४७ हजार ४१४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

काठमाडौंका ७ लाख ३३ हजार ३६० जनाले कोरोना विरुद्धको पूर्ण खोप सेवा लिएका छन् । काठमाडौंका १ लाख ३९ हजार ५१ जनाले कोभिसिल्ड, ५ लाख ९४ हजार १२८ जनाले भेरोसेल र १ लाख ५६ हजार २५ जनाले जोन्सन खोप लगाएका छन् । ललितपुरका २ लाख २२ हजार २३३ जनाले कोरोना विरुद्धको खोपको दुवैमात्रा लगाएका छन् । ललितपुरका ३२ हजार २३३ जनाले कोभिसिल्ड, १ लाख ५६ हजार ७५९ जनाले भेरोसेल र ३३ हजार २ सय ४१ जनाले जोन्सन खोप लगाएका छन् ।

भक्तपुरका १६ हजार ४८८ जनाले कोभिसिल्ड, १ लाख १९ हजार ७१९ जनाले भेरोसेल र १९ हजार ६८९ जनाले जोन्सन गरी कुल १ लाख ५५ हजार ८९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

रसुवाका २१ हजार ५४ जनाले मात्र कोरोना विरुद्धको खोप लगाएका छन् । जसमध्ये ३ हजार ७० जनाले कोभिसिल्ड, १५ हजार ९८४ जनाले भेरोसेल र २ हजार जनाले जोन्सन खोप लगाएका छन् । नुवाकोटमा कोरोना विरुद्धको खोप लगाएका ५६ हजार ५४३ जना मध्ये १८ हजार ७८५ जनाले कोभिसिल्ड, २५ हजार ९७५ जनाले भेरोसेल र ११ हजार ७८३ जनाले जोन्सन खोप लगाएका छन् ।

धादिङका १२ हजार ७१० जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २४ हजार ७०९ जनाले भेरोसेल र १५ हजार २०८ जनाले जोन्सन गरी कुल ५२ हजार ६२७ जनाले खोप लगाएका छन् । चितवनका ३६ हजार २०५ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, ७८ हजार ४८८ जनाले भेरोसेल र ३६ हजार ५३७ जनाले जोन्सन गरी कुल १ लाख ५१ हजार २३० जनाले खोप लगाएका छन् ।

सिन्धुलीका ६ हजार ३ सय जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार १०६ जनाले भेरोसेल र ११ हजार ९७ जनाले जोन्सन गरी कुल ३१ हजार ५०३ जनाले खोप लगाएका छन् । मकवानपुरका १० हजार ५९ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, १४ हजार ३ सय जनाले भेरोसेल र ५ हजार ९२३ जनाले जोन्सन गरी कुल ३० हजार २८२ जनाले खोप लगाएका छन् ।

रामेछापका ३० हजार ३३४ जनाले कोरोना विरुद्धको कोभिसिल्ड, २३ हजार ९९८ जनाले भेरोसेल र १७ हजार २४ जनाले जोन्सन गरी कुल ७१ हजार ३५६ जनाले खोप लगाएका छन् । दोलखाका ८ हजार ५५४ जनाले कोभिसिल्ड, १८ हजार ४ सय जनाले भेरोसेल र ५ हजार ३२५ जनाले जोन्सन गरी कुल ३२ हजार २७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

काभ्रेका २१ हजार १९३ जनाले कोभिसिल्ड, ५८ हजार ६६४ जनाले भेरोसेल र २१ हजार ६३९ जनाले जोन्सन गरी कुल १ लाख १ हजार ४९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । सिन्धुपाल्चोकका १२ हजार १२९ जनाले कोभिसिल्ड, २५ हजार ६३२ जनाले भेरोसेल र ११ हजार ९२३ जनाले जोन्सन गरी कुल ५९ हजार ६८४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

बागमतीका ३९ प्रतिशतले अझै पाएनन् कोभिसिल्डको दोस्रो मात्रा

बागमती प्रदेशमा अझै ३९ प्रतिशत व्यक्ति कोरोना विरुद्धको काभिसिल्डको खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । गत वर्षको माघबाट सुरुभएको खोप अभियानके विभिन्न चरणहरुमा कोभिसिल्ड खोप लगाएकाहरु मध्ये अझै ३९ प्रतिशत व्यक्ति खोपको पर्खाइमा रहेको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका १३ जिल्लाका कुल ५ लाख ६७ हजार ८२६ जना कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकाहरुमध्ये ३ लाख ४७ हजार १११ जनाले मात्र कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् । अर्थात् प्रदेशमा कोभिसिल्ड खोपको पहिलो मात्रा गरिएकाहरुमध्ये ६१ प्रतिशत व्यक्तिले मात्र दोस्रो मात्रा प्राप्त गरेका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंका ४७ प्रतिशत, ललितपुरका २२ प्रतिशत, भक्तपुरका २५ प्रतिशत, रसुवाका ५५ प्रतिशत, नुवाकोटका ३४ प्रतिशत, धादिङका ४८ प्रतिशत, चितवनका २६ प्रतिशत, सिन्धुली ४७ प्रतिशत, मकवानपुरका ५६ प्रतिशत, दोलखाका ३१ प्रतिशत, काभ्रेका ३५ प्रतिशत र सिन्धुपाल्चोकका ६८ प्रतिशत व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा पाएका छैनन् । रामेछापमा भने पहिलो मात्रा लगाएका भन्दा ६८ प्रतिशत बढी व्यक्तिले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७