आजबाट आईपीएलका बाँकी खेलहरु


३ आश्विन २०७८, आईतवार
MI VS CSK1632018797

काठमाडौं, ३ असोज । कोरोना महामारीका कारण रोकिएका इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टीका बाँकी खेलहरु आज (आइतबार) बाट शुरु हुँदैछ । आईपीएलको बाँकी खेल युएईमा आजबाट शुरु लागेको हो । आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दुबईमा हुने चेन्नई र मुम्बईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे शुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् ।

प्लेअफमा पुग्न आजको खेलमा दुबै टोलीलाई जित आवश्यक छ । पहिलो खेलमा मुम्बईले चेन्नईलाई ४ विकेटले पराजित गरेको थियो । यसअघिको खेलमा चेन्नई ७ खेलमा १० अंक जोडेर लिगको दोस्रो स्थानमा रहेको छ । मुम्बई ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सको ८ खेलमा १२ अंक छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७