बेनी भिडन्तमा मारिएका माओवादीका दुई कमाण्डरलाई जनसेवाश्री पदक


३ आश्विन २०७८, आईतवार
beni attack tQhgyRatpQ

काठमाडौं, ३ असोज । माओवादीले चलाएको १० वर्षे सशस्त्र युद्धकालमा मारिएका दुई माओवादीका कमाण्डरलाई जनसेवाश्री पदक दिइएको छ ।

कालिकोटको नरहरिनाथ गाउँपालिका कमलबहादुर बिष्ट ‘बहुवीर’ र अमरबहादुर किक ‘योद्धा’ लाई मरनोप्रान्त जनसेवाश्री पदकद्वारा विभूषित गरिएको हो । सातौं संविधान दिवसका अवसरमा कालिकोट नरहरिनाथ गाउँपालिका–८ का बिष्ट र ६ का बिकलाई जनसेवाश्री पदकबाट सम्मान गरिने भएको हो ।

विक विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माका भाइ हुन् । दुवै जना माओवादी लडाकुका सहायक बिग्रेड कमाण्डर थिए । उनीहरू दुवै जना ७ चैत २०६० मा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमणका क्रममा तत्कालीन शाही नेपाली सेनाको भिडन्तका क्रममा मारिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७