मोनो रेलको सम्भाव्यता अध्ययन पूरा, पाँच रुटको अध्ययन्


२४ फाल्गुन २०७४, बिहीबार
monorail render total

काठमाण्डौं, २४ फागुन : काठमाडौंमा मोनो रेल सञ्चालनका पाँच वटा रुट अध्ययन गरिएको छ । साइमेक्सले इन्क प्रालिले काठमाडौं महानगरपालिकालाई मोनो (स्काई) रेलको सम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा पाँच रुटको अध्ययन समेटिएको छ ।monorail render total

पाँच वटा रुटमध्ये पहिलो चरणमा एयरपोर्ट–कीर्तिपुरमा रुटको विस्तृत अध्ययन तयार गरेर निर्माण प्रक्रिया अघि बढाउन मौखिक सहमति दिइसकिएको छ । तिलगंगामा स्टेशन बनाएर तिनकुने, नयांबानेश्वर, माइतीघर, सहिदगेट, त्रिपुरेश्वर, कालीमाटी, रविभवन, कलंकी र कीर्तिपुर पहिलो रुट हुनेछ । ‘अब सडक विस्तारका नाममा मान्छेका घर भत्काएर पुग्दैन, त्यसको विकल्पको रुपमा मोनो रेल उयुक्त हुन्छ’ काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले भने, ‘उपत्यकाको सवारी साधनको चाप र प्रदुषण न्युनीकरणका लागि पनि यो आवश्यक छ ।’

एक वर्षको निशुल्क अध्ययनपछि उसले महानगरलाई कानुनी तथा अन्य समस्या हटाएर बिस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) स्वीकृतिको लागि अनुरोध गरिएको छ। ‘केही दिनभित्रै हामी डीपीआरको लागि स्वीकृति दिन्छौं’ महानगरका मेयर विद्यासुन्दर शाक्यले भने, ‘अब उपत्यकाको यो आवश्यकता भइसकेको छ ।’

दुई वर्षभित्र एयरपोर्ट–कीर्तिपुरसम्म मोनो रेल सञ्चालनमा ल्याउने उनले प्रतिवद्धता जनाए । ‘सर्वसाधारणले ट्राफिक जाममा बस्नु पर्दैन’ मेयर शाक्यले भने, ‘लागतका हिसाव निकै कम मूल्यमा निर्माणमा हुन्छ ।’ सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक देखिएको भन्दै उनले घनाबस्तीमा मेट्रो रेलभन्दा वातावरणमैत्री मोनो रेल गुडाउन सकिने दाबी गरे । यसको गति र क्षमता तुलनात्मक रूपमा मेट्रो रेल भन्दा कम हुन्छ । दुई ट्रयाकका साथै लिक नचाहिने र एउटै ट्रयाकमा गुडउन सकिने हुदा यसलाई मोनो रेल भनिएको हो । तेर्सो रबरको पांग्राले ट्रयाकलाई दुवैतिरबाट जोडेको हुन्छ । विभिन्न्न स्थानमा गाडेका पिलर (मोनो बिम) ले ट्रयाकहरुसंग जोडेको हुन्छ। यसमा ७–८ वटा ‘बोगी’ (डिब्बा) रहेका हुन्छन् । तर, उपत्यकामा बाक्लो बस्तीका कारण ३–४ वटा डिव्वा रहने सम्भाव्यता अध्ययनमा देखाएको छ एउटा डिव्वामा २ सय यात्रु बस्न सक्ने छन्। मेट्रोभन्दा ८० गुणा कम लागत लाग्ने महानगरले जनाएको छ ।

साथै, निर्माणको अवधि मेट्रोभन्दा ३ गुणा कम लाग्छ । विद्युतबाट चल्ने भएकाले वायु र ध्वनि प्रदूषणको मात्रा न्युन हुन्छ । स्वास्थ्यको दृष्टिकोणले निकै फाइदाजनक हुन्छ । लिथियम आयोन फस्फेट ब्याट्री लाग्ने र एकपटक चार्ज भएपछि १० किमिसम्म रेल कुद्न सक्ने महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। ‘६ हजार साइकल अथवा ६ हजारपटक चार्ज गर्न सक्ने आयु भएको ब्याट्री जडान गरिन्छ’ उनले भने, ‘एउटा ब्याट्री जडान गरेपछि २० वर्षसम्म पुग्छ ।’ भूकम्पको जोखिमका साथै अत्यन्त भारी लगानीका कारण पनि मेट्रोभन्दा मोनो उपयुक्त भएको साइमेक्स इन्क प्रालिका बजार प्रमुख शशि श्रेष्ठले बताए । यसका लागि सानो सडक चाहिने हुँदा कमै स्थान र संरचना भत्काउनु पर्ने हुन्छ । सडकभन्दा ३ फिटमाथि मोनो रेल बनाउन लागिएको उनले बताए । थोरै दूरीमा पिलर ठडयाउनु पर्ने हुन्छ । काठमाडौं महानगरपालिकालाई केन्द्र बनाएर सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल अनुसार उपत्यकाका अन्य नगरपालिकासंग समन्वय गरेर चलाउन सकिने प्रवक्ता कार्कीले बनाए ।

‘मेट्रो रेल भन्दा लागत ८० प्रतिशत कम छ। ८० देखि १ सय २० किमि प्रतिघण्टाको गतिमा कुद्छ’ उनले भने। सरकारले विद्युत उपलब्ध नगराए कम्पनी आफैले जुटाउने प्रवक्ता कार्कीले बताए। साइमेक्सले आवश्यक परे हङकङको बीवाईडी (बिल्ड योर ड्रिम्स) नामक कम्पनीबाट झिकाउने तयारी गरेको पनि उनले बताए। रिचार्जेवल ब्याट्रीलगायत वातावरणमैत्री इलेक्ट्रिक सामान उत्पादन गर्दै आएको बीवाईडीले विद्युतबाट चल्ने उपकरण उत्पादन गर्ने गरेको छ। यसले चीनको सेन्जेनमा स्काइ रेल गुडाइसकेको महानगरको दाबी छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७