बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


६ आश्विन २०७८, बुधबार
gold

काठमाडौं, ६ असोज । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ उकालो लागेको छ । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

मंगलबार ८२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७