सशस्त्र प्रहरीका १० डीआईजीको सरुवा, कसलाई कुन जिम्मेवारी ?


८ आश्विन २०७८, शुक्रबार
Nepal armed police

काठमाडौं, ७ असोज : सरकारले सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको काज सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डिआईजीको काज सरुवा गरेका हुन् ।

सरुवा हुनेमा डिआईजीहरुमा कमल गिरी १ नम्बर प्रदेश, गणेश ठाडा मगर २ नम्बर प्रदेश, किशोर प्रधान बागमती प्रदेश, शम्भु सुवेदी गण्डकी प्रदेश, कुलबहादुर नेम्बाङको लुम्बिनी प्रदेश, दुर्गा भट्टराई सुदुरपश्चिम प्रदेश, राजु अर्याल मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालय र वंशि दाहाल ९ नम्बर बाहिनी रहेका छन् ।

डिआईजी अभिकुमार खत्रीलाई कर्णाली प्रदेशमै यथावत रहेका छन् । भने मन्दीप श्रेष्ठ प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । डिआईजीहरु नारायणदत्त पौडेल मानवस्रोत र सिपी गौतम सीमा सुरक्षा विभागमा सरुवा भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७