इपीएल : बर्ल र गुर्बाजको आक्रमक ब्याटिङमा काठमाडौंको विजयी शुरुवात


९ आश्विन २०७८, शनिबार
MG 0539

काठमाडौं, ९ असोज । रायन बर्लको आक्रामक ब्याटिङप्रेरित काठमाडौं किग्सले एभरेष्ट प्रिमियर लिग (इपीएल) मा विजयी शुरुवात गरेको छ । शनिबारबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले ललितपुर पेट्रियट्सलाई ७ विकेटले हराएको हो ।

ललितपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंको सहज जितमा बर्लले अविजित ७३ रन जोड्दा रहमानुल्ला गुर्बाजले ३६ बलमा ४ चौका र ६ छक्का मद्दतमा ५९ रनको योगदान गरे ।

सात रन जोड्दा ओपनर सुवास खकुरेलाई गुमाएको काठमाडौंले ११ रनमा अमित श्रेष्ठलाई गुमाएको थियो । सुवास र अमितलाई ललितपुरका विकेटकिपर शंकर रानाले रनआउट गरे । १२–२ मा ब्याटिङका लागि आएका बर्लले ओपनर गुर्बाजसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

त्यस्तै बर्लले चौथो विकेटका लागि राजु रिजालसँग अविजित ७० रनको साझेदारी गरका थिए । बर्लले ३३ बलमा ३ चौका र ७ छक्का मद्दतमा अविजित ६९ रन जोडे । यसअघि पवन सर्राफको अर्धशतकप्रेरित ललितपुर पेट्रियटस्ले काठमाडौं किग्स एलेभनलाई रनको १६४ लक्ष्य दिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६३ रन बनायो । काठमाडौंका लागि पवन सराफले सर्वाधिक ६१ रन जोडेका थिए । आइतबार इपीएलमा दुई खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७