लिलिबिलीको हिरोइन जसिता भन्छिन्,‘प्रदीपकी हिरोइन भनेपनि आपत्ती छैन्’


२५ फाल्गुन २०७४, शुक्रबार
jasita gurung
काठमाडौं, २५ फागुन । फिल्म लिलिबिलीको ट्रेलर सार्वजनिक भइसकेको छ । मिलन चाम्स निर्देशित फिल्ममा प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको छ । jasita gurung
जसिता फिल्ममा नयाँ अभिनेत्री हुन् । नयाँ कलाकारले जब कुनै स्टारसँग काम गरिन्छ, उनलाई उसैको हिरो या हिरोइन भनेर परिचित गराइदिन्छ । यस्तै प्रदीप खड्का को–एक्टर रहेको फिल्म ‘लिलिबिली’को हिरोइन जसिताले आफुलाई भने जसिता गुरुङ भनेर चिनिउँ जस्तो लाग्ने बताएकी छिन् । उनले भनेकी छिन्,‘म त चाहान्छु मलाई जसिता गुरुङ नै भनेर चिनिउँ तर कसैले प्रदीपको हिरोइन भन्छ भनेपनि मलाई आपत्ती छैन् ।’
उनी अभिनीति फिल्मी ‘लिलिबिली’ चैत्र २७ गते रिलिज हुने भनिएको छ । फिल्ममा लिलीबिली’मा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको अभिनय रहेको छ । भने सुदीप बरालको छायांकन तथा अर्जुन जीसीको सम्पादन रहेको छ ।  चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७