कांग्रेस अधिवेशन : भक्तपुर नगर सभापतिमा तमखु


१० आश्विन २०७८, आईतवार
FB IMG 1632648854625 3uj1BAWEZq

भक्तपुर, १० असोज । सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज (आइतबार) भक्तपुरका स्थानीय तहमा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चुन्ने काम भएको छ । जसअनुसार काँग्रेस भक्तपुर नगर कार्यसमितिको सभापतिमा राजेन्द्र तमखु विजयी भएका छन् ।

सभापतिमा निर्वाचित तमखुले ८९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम कासुलाले ६८ मत प्राप्त गरे । उपसभापतिमा राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, सहसचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका हुन् । चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमीमा मत गणना जारी रहेको काङ्ग्रेस भक्तपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७