साफ फुटबल : नेपाली टिम घोषणा, परेनन् विकेश र राजन


१० आश्विन २०७८, आईतवार
Nepali Team for Saff Championship

काठमाडौं, १० असोज । आगामी साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माल्दिभ्सको मालेमा हुने साफका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डिफेन्डर राजन गुरुङ र गोलरक्षक विकेश कुथुलाई बाहिर राख्दै टोली घोषणा गरेका हुन् । राजनले भारतसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । विकेश भने नेपाली टोलीका नियमित सदस्य हुन् । प्रशिक्षक अब्दुल्लाहले दुवैलाई बाहिर राखेका छन् ।

साफअघि आज नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै छ । कतारको युनिभर्सिटी मैदानमा खेल स्थानीय समयअनुसार रातको ७ बजे हुनेछ । हाल फिफा वरीयतामा ओमान निकै नै बलियो स्थितिमा रहेको छ । ओमान पछिल्लो वरीयताअनुसार ७८ स्थानमा रहँदा नेपाल १६८ स्थानमा रहेको छ ।

साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा रहेको छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टिम कतारबाट साफका लागि २७ सेप्टेम्बरमा माल्दिभ्स जानेछ ।

आगामी १ देखि १६ अक्टोबरसम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ ।

नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्ने छ । तालिकाका शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।

नेपाली टिम

गोलरक्षक : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की
डिफेण्डर : दिनेश राजवंशी, अनन्त तामाङ, सुमन अर्याल, गौतम श्रेष्ठ, रोहित चन्द, पुजन उपरकोटी
मिडफिल्डर : तेज तामाङ, सन्तोष तामाङ, सुमन लामा, सुरज जिउ ठकुरी, आयुष घलान, कमल थापा, सुजल श्रेष्ठ, नितिन थापा, मनीष डाँगी, अन्जन बिष्ट, विशाल राई, सुनिल बल
स्ट्राइकर : नवयुग श्रेष्ठ, आशिष लामा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७