२७ वाणिज्य बैंकले गरे एनआइसी एशियासँग कारोबार नगर्ने निर्णय


२५ फाल्गुन २०७४, शुक्रबार
nic

काठमाडौं, २५ फागुन : २७ वाणिज्य बैंंकले एनआईसी एशिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गर्ने निर्णय गरेका छन् । नेपाल ब्याकर्स संघको शुक्रबार बसेको आकस्मिक बैठकले एनआईसी एशियासँगको कारोबार बन्दको निर्णय गरेको हो । एनआईसी एशियाले बचत र मुद्दती निक्षेपमा ग्राहकहरुलाई दिने ब्याजदरले तोकिएको सीमा उल्लंघन गरेको भन्दै अन्य ब्यांकहरुले यस्तो कदम चालेका हुन् ।nic asia txnkqh0ghl trspifuwub sfm3mzu4rs Cmf4DQfuJm

यसअघि, संघले बचत खातामा ८ र अन्य मुद्दती खातामा ११ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति गरेका थिए । तर, एनआईसी एशियाले यसको उल्लंघन गर्दै बचतमा १० र मुद्दती खातामा १२ प्रतिशत ब्याज दिने सूचना प्रकाशित गरेको भन्दै संघले कारोबार रोक्काको निर्णय गरेको हो । संघको यो निर्णयसँगै अब एनआईसी एशियाले तरलताको व्यवस्थापनका लागि राष्ट्र ब्यांकको भर पर्नुपर्नेछ । गत कात्तिकदेखि वाणिज्य ब्यांकहरुले लगानीयोग्य पूँजी अभाव (क्रेडिट क्रन्च) को समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७