श्रद्धालाई १६ वर्षमै सलमानको प्रस्ताव


२५ फाल्गुन २०७४, शुक्रबार
salman khan and shraddha kapoor

काठमाडौं, २२ फागुन । अभिनेत्री श्रद्धा कपुर ३ मार्चमा ३१ वर्ष पुगेकी छिन् । तीनपत्ती नामक फिल्मबाट करिअर सुरु गरेकी श्रद्धाले त्यसपछि लभकी दी इन्डमा अभिनय गरिन् । त्यो फिल्म पनि फ्लप भयो । उनी अभिनीत आशिकी २ सुपरहिट भयो । त्यसपछि भने उनको भाग्य चम्किएको हो ।salman khan and shraddha kapoor

त्यसपछि श्रद्धाका हैदर, एक भिलेन, बागी, हाफ गर्लफ्रेन्डलगायत फिल्म सफल भए । हसिना पारकर फिल्ममा उनको अभिनयले सबैको ध्यान तान्यो । अहिले श्रद्धासम्बन्धी एउटा नौलो कुराले बलिउडमा चर्चा पाएको छ ।

त्यो के भने, श्रद्धालाई १६ वर्षकै उमेरमा सलमान खानले आफ्नी हिरोइन बन्न अफर गरेका थिए । तर, त्यतिवेला पढाइमा ध्यानमग्न भएकाले उनले सलमानको सो अफर अस्वीकार गरिन् । श्रद्धाले एउटा स्कुलको नाटकमा अभिनय गरेको सलमानले देखेका थिए । त्यहीबाट उनी श्रद्धाको अभिनयबाट प्रभावित भएका थिए । श्रद्धा हाल साहो फिल्मको सुटिङमा व्यस्त छिन् । सो फिल्ममा उनको हिरो बाहुबली प्रभास छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७