‘भैरबी’ मन्दिरको डाँडाबाट नियाल्दा (फोटो फिचर)


१२ आश्विन २०७८, मंगलवार
1 13

भैरवी मन्दिर धादिङ जिल्लाको एक प्रसिद्द मन्दिर हो । धादिङबेंसीबाट करिव १८ किलोमिटर दूरीमा रहेको उक्त मन्दिर धादिङको पुरानो सदरमुकाम नीलकण्ठ नगरपालिका–६ सुनौलाबजारमा अवस्थित छ ।

beautifull nepal

भैरवी मन्दिरको अहिले पुनर्निर्माण काम धामाधम चलिरहेको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको भैरवी मन्दिर राजा रामशाहको पाला अघि नै शक्तिपिठको रुपमा परिचित रहेको भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका सचिव कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।
भैरवी मन्दिर क्षेत्र आन्तरिक धार्मिक पर्यटनको आकर्षणको केन्द्र बन्न सक्ने स्थानीयवासी बताउँछन् । यद्यपि प्रचार प्रसार अभावका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन नसकिरहेको उनीहरुको भनाइ छ ।

समुन्द्री सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । यहाँबाट उत्तरतर्फ मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडीलगायतका मनोरम दृष्य अवलोकन

गर्न सकिन्छ ।

एकातिर धार्मिक महत्व र अर्कोतिर यहाँबाट मनोरम प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले यो क्षेत्रले दुबैखाले पर्यटकको गन्तव्यस्थल बन्ने सम्भावना बोकेको देखिन्छ । भूकम्पले भत्किएर जीर्ण बनेको यो मन्दिर तीव्र रुपमा निर्माण भइरहेको स्थानीय श्याम श्रेष्ठले बताए । दशैं, माघे संक्रान्ति र राम नवमीका अवसरमा यो मन्दिरमा भक्तजनको निकै भिड लाग्ने उनले बताए ।

bhairabi mandir

साविकको सुनौलो बजार गाविस र हाल नीलकण्ठ नगरपालिका–६ मा रहेको यो मन्दिर धादिङ बजारबाट पूर्वतर्फ पर्दछ । ५ किलोमिटर पक्की र १३ किलोमिटर कच्ची सडक रहेको यो मन्दिर जान धादिङ बजारबाट साना सार्वजनिक सवारी साधन सञ्चालन हुँदै आएको छ । ओझेलमा परेको पुरानो धादिङ बजारलाई जीवन दिन यस्ता धार्मिक र प्राकृतिक महत्वका स्थानलाई प्रवर्द्धन गर्दै आवश्यक प्रचार प्रसार गर्न सके आन्तरिक पर्यटकको आकर्षण बढ्ने स्थानीयवासी बताउँछन् ।


vairabi mandir

०७२ सालको भूकम्प कारण क्षति पुगेको मन्दिरलाई व्यवस्थित बनाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समिति गठन गरी मन्दिर पुनर्निर्माण हुँदै आएको छ ।

2 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७