खेतमा काम गर्दै गर्दा चट्याङ लागेर एकको मृत्यु


१३ आश्विन २०७८, बुधबार
chatyang

बर्दिया, १३ असोज । बर्दियाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७