जन्मदिनमा २६ वर्षदेखि रिलिजको पखाईमा रहेको लताको आफ्नै गीत उपहार

मुम्बई, १३ असोज । भारतका दिग्गज गायिका लता मंगेशकरले २६ वर्ष अघि गाएको ‘ठिक नही लगता’ गीत अन्ततः रिलिज भएको छ । केही कारणवश लताको यो गीत रिलिज भएको थिएन ।
अन्तत लताको ९२ औं जन्मोत्सवको अवसरमा मंगलबार विशाल भारद्धाजले उनलाई उनकै गीत रिलिज गरेर उपहार दिएका हुन् । नवभारत टाइम्सका अनुसार लताले यो गीत कुनै चलचित्रका लागि गाएकी थिइन् । तर, उक्त चलचित्र नै नबनेपछि गीत पनि कतै थन्किएको थियो ।
गुलजार शायरीको शब्द रहेको गीतलाई विशाल भारद्धाजले कम्पोज गरेका हुन् । वर्षौपछि आफ्नो पुरानो कम्पोजिसन रहेको गीत हात परेसँगै भारद्धाजले लताको जन्मदिनको मौका यसलाई रिलिज गर्ने राम्रो समय फेला पारेको हो ।
गीत सेयर गर्दै भारद्धाज लेख्छन्, ‘यो गीत करिब दुई दशक अघि कम्पोज भएको थियो, जसलाई अब रिओर्केस्ट्रटसँग मिलेर रिलिज गरिएको हो । तर दुर्भाग्यवश जुन चलचित्रका लागि गाइएको थियो उक्त चलचित्र नै बनेन र गीत कहीं थन्कियो । तर, मलाई आशा थियो कि एक न एक दिन यो गीत पक्कै बन्ने छ ।’