राजकुमार लेखीले छाडे लोसपा, तीन ठूला पार्टीमध्ये एकमा जाने सम्भावना


१४ आश्विन २०७८, बिहीबार
lekhi

काठमाडौं, १४ असोज । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । आफूले नयाँ राजनीतिक यात्रा रोजेको र लोसपा पार्टी छोडेको पत्र अध्यक्षलाई बुझाएका थिए । उनले पार्टीका सबै पदहरु परित्याग गरेको जानकारी समेत गराएका छन् ।

उनले बिहीबार बिहान लोसपाका अध्यक्ष महन्थ ठाकुर समक्ष पद त्याग गरेको पत्र बुझाएका छन् । ‘म यस पार्टीको केन्द्रीय कार्यकारणी समिति सदस्य रहिरहेकोमा अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा यस पार्टीको सबै पदबाट राजीनामा गर्दछु,’ उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

नेता लेखीले वैकल्पिक शक्ति बनाउने अभियानमा सफलता प्राप्त नभएपछि आफूले पार्टी परित्यागको निर्णय गरेको प्रतिक्रिया दिएका छन् । ‘सानो पार्टीमा रहेर राजनीति गरें । नयाँ पार्टी भन्ने पुराना पार्टीको आलोचना मात्रै गर्ने, यसरी हुँदैन, वैकल्पिक शक्ति बनाउनु पर्छ भन्दै आएको थिएँ । वैकल्पिक शक्ति बनाउने प्रयास थियो, सकिएन,’ उनले भने, ‘त्यसैले लोसपा छाडेको हुँ ।’

नेता लेखीले नयाँ पार्टीहरु पुराना पार्टीभन्दा गए गुज्रिएका बनेका पनि टिप्प्णी गरेका छन् । उनले अब नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमध्ये कुनै एक पार्टीको राजीनतिमा संलग्न हुने पनि जानकारी दिए । तर, लोसपा स्रोतले एमालेमा जाने सोच बनाएर नेता लेखीले राजीनामा दिएको दाबी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७